पोखरा महानगरमा २० जना महिला उद्यमीलाई सम्मान

पाेखरा | फागुन २४, २०८०

पोखरा महानगरमा २० जना महिला उद्यमीलाई सम्मान

पोखरा:    ११४ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा पोखरा महानगरपालिकाभित्र सञ्चालित विभिन्न ब्यवसायीक फर्मका २० जना सफल महिला उद्यमीलाई  सम्मान गरिएको छ । 


महिला दिवसको अवसर पारेर पोखरा महानगरपालिका सामाजिक विकास महाशाखाले सफल उद्यमी महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सम्मान गरेको हो ।  


पोखरा महानगरले सञ्चालन गरेको उपप्रमुखसंग महिला कार्यक्रम मार्फत ऋण लगेर ब्यवसाय गरेका मध्यबाट दश जना र महानगरभित्रका अन्य दश जना सफल उद्यमी महिला गरी २० जनालाई नगद ५ हजार सहित सम्मानपत्रले सम्मान गरिएको हो । 


महिला दिवस फागुन २५ गते शुक्र्रबार भएपनि शिबरात्री पर्वका कारण विदा परेकाले बिहिबार उद्यमी महिलालाई सम्मान गरेर मनाइएको पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले बताउनुभयो ।


उपप्रमुखसंग महिला कार्यक्रम अन्र्तगत सम्मानित हुनेहरुमा पोखरा ७ को अस्मी खाजा घर सञ्चालक शान्तिमाया गुरुङ, पोखरा ३२ मा रहेको बसन्ती पशुपन्छी तथा कृषि फर्मका बसन्ती कामी विक, पोखरा २४ मा रहेको पुप्पा पशुपालन तथा कृषि कर्फका पृष्पा कार्की, पोखरा १६ रहेको श्रीसम्पूर्ण राइस मिलका दमयन्ती आचार्य, पोखरा ५ मा रहेको हाम्रो रचात्मक गार्मेन्ट, पोखरा १५ को चन्द्र हस्तकला उद्योगकी चन्द्रकुमारी गुरुङ, पोखरा ३२ बडहरे पण्डित कृषि तथा पशुपन्क्षी फर्मका पुष्पलता पण्डित, पोखरा ३३ मा रहेको रातमाटे बाख्रा तथा पशुपंक्षी फर्मका पवित्रा मल्ल ठकुरी, पोखरा १५ को शितल पंक्षी फर्मका पञ्जा परियार, पोखरा १६ मा रहेको अतिथि झोला उद्योगका पार्वती थापा बस्नेतलाई सम्मान गरियो ।


त्यस्तै पोखराभित्रसंचालन भएका उद्योगहरु मध्यबाट ग्लोरी फेसन होमका शान्ति श्रीस थापा, स्वस्तिक हस्तकला उद्योगका सीता गुरुङ, दिप डेरी उद्योगका पम्फा देवकोटा, पोखरा मोर्डन बेकरीका सुनिता श्रेष्ठ, सफा सावुन उद्योगका सीता सुवेदी सिग्देल, राजिव रोशनी पशु तथा कृषि फर्म सीतादेवी भुर्तेल, हरियो एंग्रो इन्डस्ट्रीज प्रालिका रोशनी शर्मा आचार्य, ऋतु सौगातका सुन्ती पुर्जा, तमु भाग्रा हस्तकला उद्योगका पवित्रतादेवी गुरुङ र विधाता हस्तकला प्रशिक्षण केन्द्रका सविता श्रेष्ठलाई सम्मान गरिएको हो ।


सम्मानित सबैलाई पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुदेवी गुरुङ, महानगरका प्रबत्ता मोतीलाल तिम्सीना, पोखरा वडा नम्वर २ का वडा अध्यक्ष दिवसमान प्रधानांग, पोखरा १७ का वडा अध्यक्ष राधिका शाहि योगी, पोखरा १५ का वडा अध्यक्ष तोरण बानियाँ, कार्यपालिका सदस्य भिमकुमारी पुन, कार्यपालिका सदस्य मन्दिरा गौतम, निर्मला पौडेल, पोखरा महानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख निर्मला शर्मा लगायतले नगद ५ हजार, सम्मापनपत्र र खाँदाले सम्मान गर्नुभयो ।


यसअधि कार्यक्रमको उद्घाटन पोखरा महानगरका प्रमुख धनराज आचार्यले गर्नुभएको थियो । उहाँले नेपालका राजनीतिक परिर्वतनमा महिलाहरुको भुमिका महत्वपूर्ण रहेको बताउदै महिला र पुरुषवीचको असमानता अन्त्यका लागि हातेमालो गरेर अगाडी बढनुपर्नेमा जोड दिनुभयो ।


कार्यक्रममा पोखरा महानगरका प्रवत्ता मोतिलाल तिम्सीना, वडा नम्वर १७ का वडा अध्यक्ष राधिका शाही योगी, वडा नम्वर २ का अध्यक्ष दिवसमान प्रधानांग, पोखरा प्रज्ञाप्रतिष्ठानका निर्वतमान कुलपति पदमराज ढकाल लगायतले नेपाली राजनीतिक परिर्वतनमा महिलाको भुमिका महत्वपूर्ण रहेको बताउदै समानताका लागि सबैको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो । 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्